२०१० फिफा विश्वकप
From Wikipedia, the free encyclopedia
चारवर्षको पर्खाइपछि जोहानेसवर्गको सकर-सिटी रङ्गशालामा ११ जून (२८ जेठ) स्थानीय समय अनुसार अपरान्ह चारबजे भएको आयोजक दक्षिण अफ्रिका (द.अफ्रिका) र मेक्सिको बीचको खेलबाट १९औँ विश्वकप फुटबलको साइत भयो। पहिलो पटक अफ्रिकी महाद्वीपले पाएको आयोजनाको दिन नजीकिँदै जाँदा यसको खर्च, परिणाम, प्रभाव र प्रतिफलको जोडघटाउ जोडतोडमा भएको थियो। ३२ राष्ट्रको बहुप्रतीक्षित यस भिडन्तलाई रङ्गशालामै पुगेर या टेलिभिजनमा हेर्न विश्वभरका करोडौं फूटबलप्रेमीको अधैर्य बिच सन् १९९५ को रग्वी विश्वकप र २००३ को विश्वकप क्रिकेटको सफल आयोजना गरेको द. अफ्रिकाले यस महाकुम्भलाई अफ्रिका महाद्वीपकै गौरव बढाउने अवसरको उपयोग गर्न सफल भयो। अफ्रिकी सपना द.अफ्रिकाले १९औँ विश्वकपलाई अविस्मरणीय बनाउन तीन वर्षकै अवधिमा उत्तरी डर्बनमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल र ६४ खेलका लागि सरदर ५६ हजार दर्शक क्षमताका दस वटा भव्य रङ्गशाला तयार पारेको थियो। प्रतियोगिताका पूर्वाधार निर्माण र यसका अन्य परियोजनामा करिब ३.७ अर्ब अमेरिकी डलर खर्चको जोहो उसले गरेको छ। अन्तर्राष्ट्रिय फूटबल महासङ्घ (फिफा)ले पनि पुरस्कार, टिम र तयारीका लागि करिब ८० करोड डलरभन्दा बढी खर्च गरेको छ। फूटबलको महाकुम्भसँगै जोडिएर आउने पर्यटनबाट रु.२०० अर्ब र व्यापारबाट रु.८० अर्ब आम्दानी गर्ने अनुमान र खेल अवधिमा करिब चार लाख पर्यटक औसत १८ दिने बसाइका लागि दक्षिण अफ्रिका भित्रिने अनुमान गरिएको थियो। तयारीको अधिकांश खर्च आयोजक राष्ट्रले बेहोरे पनि आम्दानीमा फिफाको एकाधिकार रहने चलन छ, जसको पुष्टि रु.२२५ अर्बभन्दा बढी आम्दानी गर्ने उसको घोषित लक्ष्यबाटै हुन्छ। यसबाट आइलाग्ने अवगालबाट जोगिन उसले द.अफ्रिकालाई तयारीका लागि १० करोड डलर सहयोग गर्ने जनाएको थियो प्रतियोगितामा गरिएको लगानीबाट चालू आर्थिक वर्षमा द.अफ्रिकाको आर्थिक वृद्धिदर ३ प्रतिशतबाट ३.५ प्रतिशतमा उक्लिने अनुमान अनुसार यो विश्वकपले सम्पूर्ण अफ्रिकी महाद्वीपकै अर्थतन्त्र, सामाजिक विकास र राजनीतिलाई समेत गति दिएको छ। त्यस कारण, यस महाद्वीपका द.अफ्रिका, अल्जेरिया, घाना, क्यामरुन, आइभरी कोष्ट, नाइजेरिया जस्ता द्वन्द्वको पीडा खेपेका मुलुकहरूका लागि यो विश्वकप सहभागिताबाहेक राष्ट्रिय र क्षेत्रीय मेलमिलापको अवसर पनि भयो। त्यही भएर अफ्रिकी महाद्वीपमा विश्व कप भित्र्याउन नेल्सन मण्डेला स्वयंले विशेष लबिङ गरेका थिए।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
फिफा विश्वकप दक्षिण अफ्रिका २०१० | |
---|---|
प्रतियोगिता विवरण | |
आयोजक राष्ट्र | दक्षिण अफ्रिका |
मिति | ११ जुन-११ जुलाई (३१ दिन) |
टोलीहरू | ३२(६ सङ्घहरूबाट) |
स्थान(हरू) | १० (९ आयोजक सहरहरूमा) |
अन्तिम स्थान | |
विजेता | स्पेन (१औँ उपाधि) |
उप-विजेता | नेदरल्यान्ड |
तेस्रो स्थान | जर्मनी |
चौथो स्थान | उरुग्वे |
प्रतियोगिता तथ्याङ्क | |
खेलिएका खेलहरू | ६४ |
गोल सङ्ख्या | १४५ (अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "१"। प्रति खेल) |
उपस्थिति | ३,१७८,८५६ (अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "६"। प्रति खेल) |
शीर्ष गोलकर्ता(हरू) | डिएगो फोर्लान थोमस मुलर वेस्ले स्नाइडर डेविड भिया (प्रत्येकद्वारा ५ गोल)[1] |
उत्कृष्ट खेलाडी(हरू) | डिएगो फोर्लान[2] |
उत्कृष्ट युवा खेलाडी | थोमस मुलर[3] |
उत्कृष्ट गोलरक्षक | इकर क्यासिलास[4] |
← २००६ २०१४ → |