गमाल अब्देल नासेर
From Wikipedia, the free encyclopedia
गमाल अब्देल नासेर हुसेन (/ˈnɑːsər, ˈnæsər/;[1] अरबी: جمال عبد الناصر حسين, इजिप्टेली अरबी उच्चारण: [ɡæˈmæːl ʕæbdenˈnɑːsˤeɾ ħeˈseːn]; १५ जनवरी १९१८ – २८ सेप्टेम्बर १९७०) मिश्रका दोस्रो राष्ट्रपतिको रूपमा सन् १९५६ देखि आफ्नो मृत्यु नहुन्जेल सन् १९७० सम्म सेवा गरेका थिए। नासेरले सन् १९५२ को राजतन्त्र अन्त्यको नेतृत्व गर्दै सोही वर्ष दुरगामी भूमिसुधारको सुरुवात गरेका थिए। जब सन् १९५४ मा उनको मुस्लिम ब्रदरहुडबाट हत्या प्रयास भयो तब उनले त्यो सङ्गठन दबाउँदै त्यसका प्रमुख मुहमद नागुइबलाई नजरबन्दमा राख्दै सन् १९५६ को जुन महिनामा आधिकारिक रूपमा कार्यकारी राष्ट्रपतिको कार्यभार सम्हालेका थिए।
गमाल अब्देल नासेर | |
---|---|
جمال عبد الناصر | |
दोस्रो मिश्रका राष्ट्रपति | |
कार्यकाल २३ जुन १९५६ – २८ सेप्टेम्बर १९७० | |
पूर्वाधिकारी | मुहमद नागुइब |
उतराधिकारी | अनवर सादात |
३१औं मिश्रका प्रधानमन्त्री | |
कार्यकाल १९ जुन १९६७ – २८ सेप्टेम्बर १९७० | |
राष्ट्रपति | स्वयम् |
कार्यकाल १८ अप्रिल १९५४ – २९ सेप्टेम्बर १९६२ | |
राष्ट्रपति | मुहमद नागुइब स्वयम् |
पूर्वाधिकारी | मुहमद नागुइब |
उतराधिकारी | Ali Sabri |
कार्यकाल २५ फेब्रुअरी १९५४ – ८ मार्च १९५४ | |
राष्ट्रपति | मुहमद नागुइब |
पूर्वाधिकारी | मुहमद नागुइब |
उतराधिकारी | मुहमद नागुइब |
असंलग्न आन्दोलनका महासचिव | |
कार्यकाल ५ अक्टोबर १९६४ – ८ सेप्टेम्बर १९७० | |
पूर्वाधिकारी | योसिप ब्रोज तितो |
उतराधिकारी | Kenneth Kaunda |
व्यक्तिगत विवरण | |
जन्म | गमल अब्देल नासेर हुसेन (१९१८-०१-१५)१५ जनवरी १९१८ अल्क्षेन्द्रीय, मिश्रि सल्तानत (हाल इजिप्ट) |
मृत्यु | २८ सेप्टेम्बर १९७०(1970-09-28) (उमेर ५२) कायरो, इजिप्ट |
राष्ट्रियता | इजिप्ट |
राजनीतिक दल | अरब सोसलिस्ट युनियन |
जीवन साथी | ताहिया काजेम |
सन्तान(हरू) | ५ |
जीवनवृति | सैन्य अधिकारी |
हस्ताक्षर | |
सैन्य सेवा | |
निष्ठा | इजिप्ट |
शाखा/सेवा | मिश्रि सैनिक |
सेवाको वर्षहरू | १९३८–१९५२ |
श्रेणी | लेफ्टिनेन्ट कर्णेल |
लडाई/युद्धहरू | १९४८ अरब-इजरायल युद्ध |
नासेरले स्वेज नहरको राष्ट्रियकरण गर्दा उत्पन्न स्वेज सङ्कटमा राजनैतिक विजय प्राप्त गरेपछि इजिप्ट र अरब जगतमा उनको लोकप्रियता चुलिएको थियो।
अरब एकताको आह्वान गरेर उनको नेतृत्वमा अरब लिग बनेको थियो। सन् १९६२ मा नासेरले इजिप्टमा प्रमुख समाजवादी योजना र आधुनिकीकरण सुधारहरूको एक शृङ्खला सुरू गरेका थिए। आफ्नो प्यान-अरबवादको कारणले गर्दा असहमतिको बाबजुद नासेरका समर्थकहरूले धेरै अरब देशहरूमा शक्ति प्राप्त गरेका भएतापनि सन् १९६३ आउँदा आउँदै उनी उत्तरी यमन गृहयुद्धमा संलग्न भएपछि अन्ततः धेरै ठूला अरबी शीत युद्ध भएको थियो। उनको राजनीतिक विरोधीहरूलाई प्रतिबन्ध लगाएपछि सन् १९६५ को मार्चमा उनले दोस्रो राष्ट्रपति कार्यकाल शुरु गरेका थिए। सन् १९६७ को छ दिने युद्धमा इजरायलीले इजिप्टलाई हराएपछि नासेरले आफ्नो पदबाट राजिनामा दिएका थिए तर लोकप्रिय प्रदर्शन पछि उनको पुनरुत्थानको लागि उनी राष्ट्रपति भएर फर्किएका थिए। सन् १९६८ सम्म उनी आफैले प्रधानमन्त्री नियुक्त गर्दै गुमाएको क्षेत्र पुन: प्राप्त गर्न वार अफ आर्बिट्रेसन सुरु गरेका थिए।
सन् १९७० को अरब लिग शिखर सम्मेलनको समापन पछि नासेरलाई हृदयाघात भयो र उनको मृत्यु भएको थियो। कायरो उनको अन्त्येष्टिमा पचास लाख शोकाकुल मानिसको उपस्थिति रहेको थियो र अरब विश्वभर शोक व्यक्त भएको थियो।