असंलग्न आन्दोलन
From Wikipedia, the free encyclopedia
असंलग्न अभियान कुनै शक्ति गुटमा नलागेका राष्ट्रहरूको समूह हो। असंलग्न अभियान भन्नाले कुनै एक राष्ट्रले अर्को राष्ट्रसँग, उसको सैनिक कार्यवाही र उसको गतिविधि आदिसँग सरोकार नराख्ने, तटस्थ बस्ने र त्यसका गतिविधिमा संलग्नै नहुने नीति भन्ने बुझिन्छ। यस अभियानमा हाल १२० देश सदस्य र १७ देश पर्यवेक्षक सदस्य रहेका छन्।[1]
यो आन्दोलन सन् १९६१ मा बेलग्रेडमा स्थापना भएको हो। भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरू, बर्माको पहिलो प्रधानमन्त्री ऊ नू, इन्डोनेसियाको पहिलो प्रधानमन्त्री सुकार्नो, इजिप्टको दोस्रो राष्ट्रपति गमाल अब्देल नासिर, घानाको पहिलो राष्ट्रपति क्वामे क्रुमा र युगोस्लाभियाको राष्ट्रपति जोसिप ब्रोज टिटोको अगुवाइमा यो अमियान सुरू भएको थियो।