तेलिया कम्पनी
From Wikipedia, the free encyclopedia
तेलिया कम्पनी आबे[6][7] (उच्चारण) (स्वीडेनी: Telia Company), एक स्विडेनी बहुराष्ट्रिय दूरसञ्चार कम्पनी तथा मोबाइल सञ्जाल सञ्चालक हो। कम्पनीको प्रमुख व्यवसाय नर्दिय र बाल्तिक देशहरूमा रहेको छ भने पहिला यसका अरू सञ्जालहरू भने स्पेन, रूस, नेपालका साथै पूर्वका विभिन्न सोभियत गणतन्त्रहरूमा फैलिएको थियो।[8] हाल यसले स्विडेन, फिनल्यान्ड, नर्वे, डेनमार्क, लिथुआनिया, लात्भिया र इस्टोनियामा सेवा सञ्चालन गरिरहेको छ। [9] १२ अप्रिल २०१६ उत्तरार्ध, समूहले यसको नाम तेलिया सोनेरा आबेमा परिवर्तन गरेको थियो।
व्यवसाय प्रकार | सार्वजनिक कम्पनी, निगम |
---|---|
आइएसआइएन | SE0000667925 |
उद्योग | दूरसञ्चार |
स्थापित | २००३; २१ वर्ष अघि (२००३) |
केन्द्रीय कार्यालय | सोल्ना, स्टकहोम, स्विडेन |
सेवा क्षेत्र | युरोप, एसिया |
मुख्य व्यक्ति | योहान देन्मलिन्द (प्रमुख तथा कार्यकारी), मरि आलिङ (अध्यक्ष) |
उत्पादनहरू | प्रथम दर्जा सञ्जाल प्रदायक, ताररहित सञ्जाल प्रदायक, इन्टरनेट सेवा प्रदायक , ल्यान्डलाइन, समर्पित आयोजक सेवा |
आम्दानी | € ९.७ अर्ब (सन् २०१४)[1][2] |
परिचालन आय | स्विडेनी क्रोना २२.६८ अर्ब (सन् २०१४)[2] |
स्विडेनी क्रोना १५.६ अर्ब (सन् २०१४)[2] | |
कुल सम्पत्ति | स्विडेनी क्रोना २७२.०६६ अर्ब (सन् २०१४)[2] |
कुल इक्विटी | स्विडेनी क्रोना ११६.३६ अर्ब (सन् २०१४)[2] |
मालिक | स्विडेन सरकार (३७.३%)[3][4] |
कर्मचारी सङ्ख्या | १९,९३५ (जनवरी-सेप्टेम्बर २२९)[5] |
वेबसाइट | teliacompany.com |
कम्पनीको उत्तरी र पूर्वी यूरोप, मध्य एसिया र दक्षिण एसियामा गरी ११ वटा देशमा सेवा सञ्चालन गरेको छ भने सन् २०१३ मा, यसका ग्राहकहरूको सङ्ख्या १९ करोड रहेको थियो। यसको प्रधान कार्यालय स्विडेनको राजधानी स्टकहोममा रहेको छ भने कम्पनी स्तकहोल्म सेयर बजार र हेलसिन्की सेयर बजारमा सूचीकृत छ। राजस्वका आधारमा यो विश्वको ३५औँ ठूलो दूरसञ्चार कम्पनी हो।