भरतपुर महानगरपालिका
नेपालको महानगरपालिका / From Wikipedia, the free encyclopedia
भरतपुर नेपालको बागमती प्रदेशमा पर्ने चितवन जिल्लाको सदरमुकाम[6] तथा महानगरपालिका हो। नेपालको मध्य भूभागमा रहेको भरतपुर महानगर देशकै चौथौ ठुलो सहर हो। यो नेपालको सबैभन्दा तीव्र गतिले विकास भइरहेको सहरहरू मध्येको एक हो। नारायणी नदीको तटमा अवस्थित रहेको यो सहर चितवन लगायत केन्द्रीय नेपालको व्यापारिक केन्द्र हो। यो महानगरपालिका क्षेत्रभित्र पर्ने नारायणगढ सहरमा मुख्य व्यापारिक पसल र ठुला होटेलहरू रहेका छन् भने अन्य आवश्यक पूर्वाधारका साधनहरू नगरको अन्य क्षेत्रहरूमा रहेका छन्। कुल २९ वटा वडा रहेको भरतपुरको जनसङ्ख्या वि.सं. २०७८ को जनगणना अनुसार ३,६९,२६८ रहेको छ भने यो सहर ४३२.९५ वर्ग किलोमिटरमा फैलिएको छ। यहाँको साक्षरता दर ८७.२० प्रतिशत रहेको छ जसमध्ये महिलाको साक्षरता दर ८२.६४% छ भने पुरुषको साक्षरता दर ९२.१२% रहेको छ।[5]
भरतपुर महानगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°४१′उ॰ ८४°२६′पू॰ | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | चितवन जिल्ला |
नगर पञ्चायत | वि.सं. २०३५ माघ १५[1] |
समावेश गाउँ पञ्चायत | नारायणगढ र कल्याणपुर (आंशिक भाग) |
उपमहानगरपालिका | वि.सं. २०७१ पुस २८[2] |
सम्मिलित (गाविस) | मङ्गलपुर, फुलबारी, गीतानगर, पटिहानी तथा शिवनगर |
महानगरपालिका | वि.सं. २०७३ फागुन २७[3] |
सम्मिलित क्षेत्रहरू | भरतपुर, नारायणी, चित्रवन र कविलास |
सरकार | |
• प्रमुख | रेणु दाहाल (नेकपा-माके) |
• उपप्रमुख | चित्रसेन अधिकारी (नेका) |
• प्रमुख जिल्ला अधिकारी | सुरेन्द्र पौडेल[4] |
क्षेत्रफल | |
• जम्मा | ४३३ किमी२ (१६७ वर्ग माइल) |
उन्नतांश | २०८ मिटर (६८२ फिट) |
जनसङ्ख्या | |
• जम्मा | ३६९२६८[5] |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हुलाकी सङ्केत | ४४२००, ४४२०७ |
क्षेत्रीय सङ्केत | ०५६ |
मौसम | आर्द्र अर्ध-कटिबन्धीय जलवायु |
वेबसाइट | www |
प्रत्येक पाँच वर्षमा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि भरतपुर महानगरपालिकालाई चितवन निर्वचन क्षेत्र १ र निर्वाचन क्षेत्र ३ मा विभाजन गरिएको छ भने गण्डकी प्रदेश सभाको लागि चितवन निर्वचन क्षेत्र २ (क), (ख) र चितवन निर्वचन क्षेत्र ३ (क), (ख) मा विभाजन गरिएको छ।[7][8] कृषि तथा वन विश्वविद्यालयले धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गरेको भरतपुरको वडा नं. १६ रामपुरस्थित २० विगाहा ८ कठ्ठा क्षेत्रफलमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनिरहेको छ।[9]