शेर्पा जाति
Sherpa People / From Wikipedia, the free encyclopedia
शेर्पा जाति (शेर्पा भाषा: ཤར་པའི་མི་རིགས།, वयली: shar pa'i mi rigs) नेपालका उच्च हिमाली क्षेत्र र तिब्बतमा बासोबास गर्ने जातिगत समूह हुन्। तिब्बती भाषामा "शर्वा" अथवा "शर्पा" को मतलब पूर्वी निवासी भनेको हो जुन शब्द सम्भोट लिपिमा लेखिएका शेर्पा इतिहासहरूमा (शेर्पा भाषा: ཤར་པ།, वयली: shar pa) भए पनि देवनागरी र अंग्रेजी लिपिमा शेर्पा भनेर लेख्ने गरिएको छ। शेर्पाहरू पूर्वी तिब्बतबाट १८ देखि १९ शताब्दीको बीचमा आफ्नो ठाउँ छाडी नेपालको पूर्वी क्षेत्र सोलुखुम्बु जिल्लामा बसाइँ सरेर आएको भन्ने कुरो शेर्पाहरूको इतिहास र संस्कृति नामक पुस्तकमा उल्लिखित छ। धेरैजस्तो शेर्पाहरू नेपालको पूर्वी भागमा बस्छन्, तर कोही रोल्वालिङ्ग उपत्यका तथा हेलम्बुसम्म पनि बसेको पाइन्छ। पङ्पोछे नेपालका शेर्पाहरूको सबैभन्दा पुरानो गाउँ हो। शेर्पा भाषा भोट-बर्मेली भाषा परिवारको दक्षिणी हाँगो मानिन्छ। यो भाषा तिब्बती भाषासँग लगभग मिल्दोजुल्दो छ तर बोल्ने शैलीले निकै फरक पनि देखिन्छ।
जम्मा जनसङ्ख्या | |
---|---|
२७६,७०० | |
भाषाहरू | |
शेर्पा, नेपाली भाषा, तिब्बती | |
धर्महरू | |
तिब्बती बौद्ध धर्म, ञिङमा[1] | |
सम्बन्धित जातीय समूह | |
तिब्बती, जिरेल, योल्मो |