नेपाली भाषा
नेपालको भारोपेली भाषा / From Wikipedia, the free encyclopedia
नेपाली भाषा एक आर्य भाषा हो जुन दक्षिण एसियाको हिमालय क्षेत्रमा बोलिन्छ। यो नेपालको आधिकारिक, र सबैभन्दा व्यापक रूपमा बोलिने भाषा हो, जहाँ यसले सम्पर्क भाषाको रूपमा पनि काम गर्दछ। भारतीय राज्य सिक्किम र पश्चिम बङ्गालको गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनमा नेपाली भाषाको आधिकारिक हैसियत छ र अरुणाचल प्रदेश, असम, हिमाचल प्रदेश, मणिपुर, मेघालय, मिजोरम र उत्तराखण्ड राज्यहरूमा पनि नेपाली बोल्नेहरूको उल्लेखनीय सङ्ख्या छ। नेपाली भाषा भुटानको लगभग एक चौथाई जनसङ्ख्या द्वारा बोलिन्छ। म्यानमारमा यो भाषा बर्मेली नेपालीले बोल्छन्। मध्यपूर्व, ब्रुनाई, अस्ट्रेलिया र विश्वभरका विदेशमा रहेका नेपालीले पनि यो भाषा प्रयोग गर्छन्। नेपाली लगभग १.६ करोड मातृभाषीहरू र अर्को ९ लाख मानिसले दोस्रो भाषाको रूपमा बोल्छन्।
नेपाली भाषा | |
---|---|
मूलभाषी | नेपाल भुटान भारत चीन |
क्षेत्र | हिमालय |
रैथाने(हरू) | खस जनजाति |
मातृभाषी वक्ता | १.६ करोड मातृभाषा ९ लाख दोस्रो भाषा |
देवनागरी | |
सरकारी दर्जा | |
आधिकारिक भाषा | नेपाल भारत |
नियामक संस्था | नेपाल प्रज्ञा प्रतिष्ठान |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-१ | ne |
आइएसओ ६३९-२ | nep |
आइएसओ ६३९-३ | nep |
दक्षिण एसियामा नेपाली भाषीहरूको वितरण देखाउने नक्सा। गाढा रातो भनेको नेपाली भाषी बहुलता वा बहुलता भएको क्षेत्र हो, हल्का रातो भनेको जनसङ्ख्याको २०% भन्दा बढी नेपाली बोल्नेहरू छन्। |
नेपालीलाई सामान्यतया आर्य भाषा परिवारको उत्तरी क्षेत्रको पूर्वी पहाडी समूहमा वर्गीकृत गरिएको छ। यो भाषा १०औँ र १४औँ शताब्दीको आसपासमा खस राज्यको राजधानी सहर कर्णाली प्रदेशको सिन्जा उपत्यकाबाट उत्पत्ति भएको हो। नेपाली मूल रूपमा खस जनजातिहरूले बोलेका थिएँ, दक्षिण एसियाको हिमालय क्षेत्रमा बसोबास गर्ने आर्य भाषिक जातिय समुदाय। शताब्दीयौंदेखि, संस्कृत, मैथिली, हिन्दी र बङ्गालीबाट फरक प्रभाव भएका नेपाली भाषाका विभिन्न बोलीहरू हालको नेपाल र उत्तराखण्डका विभिन्न क्षेत्रहरूमा देखा परेको विश्वास गरिन्छ, जसले नेपालीलाई सम्पर्क भाषा बनाएको छ। देवनागरी लिपिमा लेखिने यो भाषामा २ किसिमका वर्णमाला छन्। स्वरवर्णमा १२ र व्यञ्जनवर्णमा ३६ वटा वर्णहरू रहेका छन्।[1]