खस राज्य
ऐतिहासिक खसहरूको राज्य / From Wikipedia, the free encyclopedia
खस मल्ल राज्य , खस राज्य वा खस साम्राज्य को नामले प्रसिद्ध छ, नेपालको पश्चिमी भाग, तिब्बतको पश्चिमी भाग तथा भारतीय उत्तराखण्डको पूर्वी भागमा मध्यकालीन राज्य थियो। भारतको खजुराहोमा रहेको ई. सं. ९५४ को एक अभिलेखले खस राज्यको अस्तित्व बङ्गालको गौड राज्य र उत्तर भारतको गुर्जर प्रतिहार वंश समान भएको बताउँछ।[1]
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख सेप्टेम्बर २०२३ मिति देखि यो अवस्थामा रहेको छ। |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
खस मल्ल राज्य खस राज्य | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
ई. १२औं शताब्दी–ई.सं. १४औं शताब्दी | |||||||||||
राजधानी | सिञ्जा | ||||||||||
आम भाषाहरू | खस भाषा प्राकृत भाषा संस्कृत भाषा | ||||||||||
धर्म | हिन्दू बौद्ध | ||||||||||
सरकार | राजतन्त्र | ||||||||||
राजा | |||||||||||
• c. ११औं शताब्दी | नागराज | ||||||||||
• १२२३–१२८७ | अशोक चल्ल | ||||||||||
• | पृथ्वी मल्ल | ||||||||||
इतिहास | |||||||||||
• स्थापित | ई. १२औं शताब्दी | ||||||||||
• विस्थापित | ई.सं. १४औं शताब्दी | ||||||||||
| |||||||||||
अचेल | नेपाल भारत भूटान तिब्बत |
सिञ्जा उपत्यकामा ई.सा. को १३ औँ शताब्दीको पुरातन देवनागरी लिपि फेला परेको थियो। सिञ्जा उपत्यका खस मल्लहरूको राजधानी थियो।[3]:७६ ई.सा. को १२ औँ शताब्दी देखि ई.सा. को १४ औँ शताब्दीसम्ममा नेपाली भाषाको उत्पत्ति सिञ्जामा भएको थियो।[2]
केन्द्रीय राज्य कमजोर भएपछि विशाल नेपालका विषयपतिहरूले सामन्तको रूपमा शक्ति संचय गदै यो अधिकारलाई आफ्नो पैत्रिक अधिकार सम्झी आ-आफ्नो नाममा राज्य खडा गदै गएपछि नेपाल टुक्रिन थालेको हो। वि. सं. १२०७ (ई. ११५०) तिर तिब्बतको खारी प्रदेशबाट आएका नागराजले कर्णाली प्रदेशको सिंजालाई राजधानी बनाएर खस राज्य खडा गरेको तथ्य पाईन्छ। यो राज्य पूर्वमा नुवाकोट पश्चिममा कुमाउ गढवाल उत्तरमा तिब्बत र दक्षिणमा कपिलवस्तु सहित तराईका धेरै भू-भागसम्म फैलिएको थियो। यस राज्यमा नागराजापछि चाप चापिल्ल क्राशिचल्ल क्राधिचल्ल क्राचल्ल अशोक चल्ल जितारी मल्ल रिपुमल्ल आदित्य मल्ल कल्याण मल्ल प्रताप मल्ल पुण्यमल्ल पृथ्वीमल्ल र अभय मल्ल राजा भएका थिए। नागराजका सन्तान अशोक चल्लपछि जितारी मल्लले चल्लको सट्टा मल्ल लेख्न थालेका हुन्।
खस राज्यको अस्तित्व करिब २२६ वर्षसम्म रहेको थियो। अभय मल्लपछि राज्यको शासन अधिकार सामन्तहरूले लिएपछि खस राज्यको अन्त भएको पाईन्छ। पछि यही राज्यमा बाईसी राज्य खडा भएको पाईन्छ। राजा नागराजका वंशजहरूले -इल्ल र -चल्ल जस्ता उपाधि लिएका थिए: राजा चापिल्ल तथा क्राचल्लका [3]:३५ चल्ल र मल्ल राजा र राजकुमारहरूको उपाधि थियो। मलायवर्मा, मेदिनीवर्मा, संसारीवर्मा, बलिराज[4], आदि व्यक्तित्वहरूको राउला/रावल उपाधि थियो।[3]:८९ मण्डलेश्वर खस राज्य का शक्तिशाली व्यक्तिहरूको पद थियो। राजकुमार, वरिष्ठ अधिकारी तथा पराजित राजाहरूलाई मण्डलेश्वर पदमा नियुक्त गरिन्थ्यो।[3]:८४ राजा पुण्य मल्ल तथा पृथ्वी मल्लका पालामा हिन्दू परम्पराको दृढ अनुसरण हुन्थ्यो।[3]:८१