नेपालमा बोलिने भाषाहरू
From Wikipedia, the free encyclopedia
नेपालका भाषाहरू संवैधानिक नेपालीले बोल्ने नेपालको सार्वभौम भूभागभित्र कम्तीमा पनि प्राचीन इतिहास वा उत्पत्ति भएका भाषाहरू हुन्। एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा मातृभाषाका रूपमा बोलिने १२३ भाषा (पहिलो भाषा)को सूचीकृत छन्।[1] अधिकांश भाषाहरू हिन्द-आर्य र चिनियाँ-तिब्बती भाषा परिवार अन्तर्गत पर्दछन्।
छरितो तथ्यहरू नेपालका भाषाहरू, आधिकारिक भाषाहरू ...
नेपालका भाषाहरू | |
---|---|
आधिकारिक भाषाहरू | नेपाली |
अर्द्ध-सरकारी भाषा | नेपाल भाषा, मैथिली, लिम्बू, भोजपुरी, बज्जिका, तामाङ, मगर, गुरुङ, थारू, अवधि, डोटेली |
देशी भाषाहरू | विभिन्न भारोपेली भाषा र चिनियाँ तिब्बती भाषा; कुरुख, सन्थाली |
साङ्केतिक भाषाहरू | नेपाली साङ्केतिक भाषा • झानकोट साङ्केतिक भाषा • जुम्ला साङ्केतिक भाषा • घान्द्रुक साङ्केतिक भाषा |
समान किबोर्ड लेआउटहरू |
बन्द गर्नुहोस्
सङ्घीय तहको कामकाजको भाषा नेपाली हो, तर संविधानले प्रत्येक प्रदेशले एक वा एकभन्दा बढी आधिकारिक कामकाजी भाषाहरू छनौट गर्न सक्ने व्यवस्था गरेको छ।[2] नेपालको भाषा आयोगले २०७८ भदौ २१ मा नेपालका ७ प्रदेशहरूका लागि १४ आधिकारिक भाषाहरूको सिफारिश गरेको थियो।[3]
नेपालको मातृभाषा वा नेपाली मूलका भाषाहरूलाई कहिलेकाहीँ नेपाली भाषा पनि भनिन्छ।[4][5]