अलेक्सा इन्टरनेट
From Wikipedia, the free encyclopedia
अलेक्स इन्टरनेट, निगम एक अमेरिकी कम्पनी हो जसको प्रधान कार्यालय क्यालिफोर्नियामा रहेको छ। यसले व्यावसायिक वेब ट्राफिक आँकडा र वेब विश्लेषण सेवा प्रदान गर्दछ। यो अमेजनको एक सहायक कम्पनी हो।
व्यवसायको प्रकार | सहायक कम्पनी |
---|---|
साइटको प्रकार | वेब ट्राफिक र वरियता |
उपलब्ध भाषा | अङ्ग्रेजी |
संस्थापित | अप्रिल १, १९९६; २८ वर्ष पहिले (१९९६-०४-01)[1] |
मुख्यालयहरू | सान फ्रान्सिस्को, अमेरिका |
मालिक | अमेजन |
सर्जक | ब्रिउस्टर कहले, ब्रुस जिलियाट |
अध्यक्ष | एन्ड्रयु रम्म[2] |
मुख्य व्यक्तिहरू | एन्ड्रयु रम्म (प्रमुख र महाप्रबन्धक) डेभ सेरफेस (उप प्रमुख)[2] |
उद्योग | इन्टरनेट सेवा प्रदायक |
उत्पादहरू | अलेक्सा वेब खोज (सन् २००८ देखि निष्क्रिय) अलेक्सा उपकरणपट्टी |
युआरएल | alexa |
अलेक्सा क्रम | २,७०८ (विश्वव्यापी, फेब्रुअरी २०२०)[3] |
दर्ता | वैकल्पिक |
वर्तमान स्थिति | चालू |
अलेक्सालाई सन् १९९६ मा एक स्वतन्त्र कम्पनीको रूपमा स्थापना गरिएको थियो र अमेजनले सन् १९९९ मा यसको सम्पत्ति २५ करोड अमेरिकी डलरमा खरिद गरेको थियो। यसको उपकरणपट्टीले इन्टरनेट ब्राउजिङ व्यवहारमा आँकडाहरू सङ्कलन गर्दछ र तिनीहरूलाई अलेक्सा वेबसाइटमा प्रसारण गर्दछ, जहाँ उक्त आँकडा वा तथ्याङ्कहरूलाई भण्डारण तथा विश्लेषण गरिन्छ। यो अलेक्सा वरियता सहित कम्पनीको वेब ट्राफिक प्रतिवेदन लागि आधार पनि हो। यसको वेबसाइटका अनुसार, अलेक्साले वेब ट्राफिक आँकडा, विश्वव्यापी क्रम, र ३० करोड वेबसाइटहरूको अन्य जानकारी प्रदान गर्दछ।[4] सन् २०१८ सम्म, यसको वेबसाइटलाई प्रत्येक महिना ३० लाख भन्दा बढी मानिसहरूले भ्रमण गर्दछन् वा यसको मासिक सक्रिय प्रयोगकर्ताहरू ३० लाख भन्दा बढी रहेको छ।[5]