कुवेत सहर
कुवेतको राजधानी र सबैभन्दा ठूलो शहर / From Wikipedia, the free encyclopedia
कुवेत सहर (अरबी: مدينة الكويت, लिप्यन्तरण: 'मदिनत-अल-कुवेत') कुवेतको राजधानी र सबैभन्दा ठूलो सहर हो। यसलाई कुवेतको मुटु पनि भनिन्छ। यस सहरमा कुवेतको संसद भवन तथा धेरैजसो सरकारी कार्यालयहरू रहेका छन्। देशको राजनीतिक राजधानी हुनको साथै यसलाई देशको सांस्कृतिक तथा आर्थिक राजधानी पनि मानिन्छ। यसको महानगरीय क्षेत्रको अनुमानित जनसङ्ख्या ४१ लाख रहेको छ। कुल २०० वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको यस सहरमा जयन समूहको प्रधान कार्यालय रहेको छ।
कुवेत सहर
مدينة الكويت मदिनत अल-कुवेत | |
---|---|
उपनाम: مدينة الكويت [अद-दिरा] | |
निर्देशाङ्क: २९°२२′११″उ॰ ४७°५८′४२″पू॰ | |
देश | कुवेत |
क्षेत्र | अल असिमा |
स्थापना | सन् १६१३ |
क्षेत्रफल | |
• महानगर | २०० किमी२ (८० वर्ग माइल) |
जनसङ्ख्या | |
• सहरी | ४१ लाख |
समय क्षेत्र | युटिसी+०३:०० (अरबी मानक समय) |
यो सहर कुवेत खाडीको तटमा अवस्थित छ। कुवेतको संसद (मजलिस अल-उम्मा), धेरैजसो सरकारी कार्यालय तथा कुवेतको प्रमुख औद्योगिक क्षेत्रको प्रमुख कार्यालयहरू यस सहरमा रहेको छ। निर्विवाद रूपले यो कुवेतको राजनीतिक, सांस्कृतिक र आर्थिक केन्द्र हुनुका साथै यो अरब क्षेत्रको एक महत्वपूर्ण पर्यटन स्थल पनि हो। मुक्ति टावर, कुवेत टावर, राष्ट्रिय सङ्ग्रहालय, फैलाका द्वीप, इन्टरटेनमेन्ट सहर, विज्ञान तथा प्राकृतिक इतिहास सङ्ग्रहालय, मुक्ति स्मारक, साइन्टिफिक सेन्टर, तारिक रजाब सङ्ग्रहालय, बयात अल- बदिर, जुलोजिकल पार्क, सङ्गीतमय फोहोरा आदि यहाँको प्रमुख दर्शनीय स्थल हो।[1][2][3]