चीनको विशाल पर्खाल
From Wikipedia, the free encyclopedia
चीनको विशाल पर्खाल माटो र ढुंगाबाट बनेको एउटा किलानुमा पर्खाल हो जसलाई चीनको विभिन्न शासकहरूद्वारा उत्तरी शत्रुहरूबाट रक्षाको लागि ईसा पूर्व पाँचौँ शताब्दी देखि सोह्रौँ शताब्दी सम्म बनाईयो । कयों पर्खालहरूको सामूहिक रूपले यस महान पर्खालको पुनर्निर्माण गरिएको छ । ५ औँ शताब्दी ईसा पूर्व देखि १६ औँ शताब्दीको मध्यमा बनाइएको रूपमा सन्दर्भित गर्दछ । यसको विशालताको अनुमान यसै कुराबाट लगाउन सकिन्छ कि यस मानव निर्मित ढाँचालाई अन्तरिक्षबाट पनि हेर्न मिल्छ।
चीनको विशाल पर्खाल | |
---|---|
万里长城 | |
सामान्य विवरण | |
प्रकार | किला |
राष्ट्र | चीन |
निर्माणकार्यको थालनी | ईशा पुर्वा सातौ शताब्दि |
प्राविधिक विवरण | |
आकार | २१,१९६ किलोमिटर |
आधिकारिक नाम | द ग्रेटवाल |
किसिम | ऐतिहासिक |
मापदण्ड | i, ii, iii, iv, vi |
नामाङ्कित | १९८७ (११औ संस्करण) |
सन्दर्भ क्रम सङ्ख्या | ४३८ |
राज्य | चीन |
क्षेत्र | एसिया-प्रशान्त |
यो विशाल पर्खाल ६,४०० किलोमीटर (१०,००० ली, चीनी लम्बाई मापन एकाई) क्षेत्रमा फैलिएको छ । [1] यसको विस्तार पूर्वमा शानहाइगुआन देखि पश्चिममा लोप नुर सम्म छ, र यसको कुल लम्बाई लगभग ६७०० कि.मी. (४१६० माइल) रहेको छ । [2] हुनत पुरातत्व सर्वेक्षण विभागको हाल सम्मको सर्वेक्षण अनुसार समग्र महान पर्खाल, आफ्नो सबै शाखाहरू सहित ८८५१.८ किलोमिटर सम्म फैलिएको छ ।[3][4][5] आफ्नो उत्कर्षमा मिंग वंशको सुरक्षा अभिप्रायले दश लाख भन्दा धेरै मान्छेहरू नियुक्त थिए ।[6] अनुमानित छ, कि यस महान पर्खाल निर्माण परियोजनामा लगभग २० देखि ३० लाख मानिसहरूले आफ्नो जीवन लगाएका थिए ।[7]
आठौँ शताब्दी ईसापूर्वमा चीनमा राज्यको रक्षा गर्नको लागि पर्खाल बनाउने शुरुवात भयो जुन बेला कुई (अङ्ग्रेजी:Qi), यान (अङ्ग्रेजी:Yan) र जाहो (अङ्ग्रेजी :Zhao) राज्यहरूले तीर र तलवारहरूको आक्रमणबाट बचनको लागि माटो र ढुंगालाई ढाँचामा बनाएको ईटाबाट पर्खालको निर्माण सुरु गर्यो । ईसादेखि २२१ वर्ष पूर्व चीन किन (अङ्ग्रेजी:Qin) साम्राज्य अन्तर्गत आयो। यस साम्राज्यले सबै स-साना राज्यहरूलाई संयुक्त गरेर एक विशाल तथा अखण्ड चीनको रचना गर्यो। किन साम्राज्यदेखि शासकहरूले पूर्वमा बनाएको विभिन्न पर्खालहरूलाई मिलाएर एकै पर्खालमा परिणत गर्यो जुन की चीनको उत्तरी सीमा बन्यो। पांचौँ शताब्दीदेखि धेरै पछि सम्म धेरै पर्खालहरू बन्यो, जसलाई मिलाएर चीनको पर्खाल भनियो । प्रसिद्ध पर्खालरूमा एउटा २२०-२०६ ईशा पूर्वमा चीनको प्रथम सम्राट किन शी हुआंगले बनाउन लगाएका थिए । त्यस पर्खालको अंशको केही अवशेष मात्रै बचेको थियो। यो मिङ वंश द्वारा बनाएको वर्तमान पर्खालको सुदूर उत्तरमा बनेको थियो। [8]
नयाँ चीनको धेरै लामो सीमा आक्रमणकारीहरूको लागि खुलेको थियो यसैले किन शासकहरूले पर्खाललाई चीनको बाँकी सीमाहरू सम्म फैलाउन शुरू गरे। यस कार्यको लागि अथक परिश्रम तथा साधनहरूको आवश्यकता थियो । पर्खाल बनाउने सामग्रीलाई सीमाहरू सम्म लैजानु एउटा कठिन कार्य थियो त्यसैले मजदूरहरूले स्थानीय साधनहरूको उपयोग गर्दै पर्वतहरू नजिकरहेको ढुंगाहरू र मैदानी भाग नजिकमाटो र ढुंगाको पर्खालको निर्माण गर्यो । आज यो पर्खालले विश्वमा चीनको नाम फैलाएको छ, र युनेस्को द्वारा सन् १९८७ देखि विश्व सम्पदा क्षेत्र घोषित गरेको छ।
अग्रेंजीमा ग्रेटवाल (Great Wall) भनिने चीनको विशालकाय पर्खाल इशापूर्व ६५६ मा बाह्य आक्रमणबाट बच्नका लागि चू राज्यका राजा चङले सर्वप्रथम सुरक्षाको कारण निर्माण गराएका थिए। उनले निर्माण सुरु गरेको उक्त पर्खालको विभिन्न समयका राजा महाराजाहरूले थप्दै जोड्दै लम्बाई बढाउदै लगेर आज पर्खालको संरचना यस्तो आईपुगेको छ। ग्रेटवालको निर्माण सँगसँगै स-साना राज्यहरू एकीकरण हुन थालेकोले ग्रेटवाल निर्माणले विशाल चीन बनाउन सहयोग पुर् याएको विश्वास गरिन्छ । सन् १९८७ मा विश्व सम्पदा सूचीमा समावेश भएको चीनको ग्रेटवाल यस्तो ऐतिहासिक तथा सांस्कृतिक वास्तुकलाको नमुना हो जसले हालसम्म पनि संसारका अधिकांश मानिसहरूलाई आकर्षण गरिरहेको छ । यो ग्रेटवाल संसारको सातौ आश्चर्यमध्येको एक पनि हो ।