टेस्ट क्रिकेट
From Wikipedia, the free encyclopedia
टेस्ट क्रिकेट, क्रिकेटको सबैभन्दा लामो स्वरूप हो । यसलाई खेलाडीहरूको खेल क्षमताको वास्तविक परीक्षा मानिएको छ, तर पनि अचेल यस खेलको एकदिवसीय स्वरूप तथा ट्वान्टी२० अन्तर्राष्ट्रिय अधिक लोकप्रिय छ । टेस्ट क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट परिषदद्वारा मान्यता प्राप्त राष्ट्रिय टिम बीच खेलिन्छ । दुई टिमका ११ खेलाडीद्वारा ४ इनिङ्गको म्याच खेलिन्छ जुन ५ दिन सम्म चल्छ । क्रिकेटको यो स्वरूपले नै खेलाडीको वास्तविक क्षमतालाई प्रस्ट पार्ने कुरा बिज्ञहरू भन्छन् ।[1][2][3]