धरान उपमहानगरपालिका
From Wikipedia, the free encyclopedia
धरान नेपालको कोशी अञ्चल , सुनसरी जिल्लाको एक उपमहानगरपालिका हो।[1] [2] यहाँ सुनुवार, राई, लिम्बू, याक्खा जनजातिहरूको बाहुल्यता छ तथापि विविध जाति तथा जनजातिहरूको बसोबास स्थल र कला, साहित्य, संस्कृति तथा खेलकुदको क्षेत्रमा ख्याति प्राप्त धरान हाल आएर शिक्षा, स्वास्थ्य, पर्यटकीय तथा व्यापारिक पूर्वाधारयुक्त सुन्दर सहरको रूपमा विकास हुँदै पूर्वाञ्चलको मात्र नभइ नेपालकै नमुना सहर बन्न प्रयासरत छ। धरान महाभारत पर्वत शृङ्खलाको छेउमा अवस्थित छ एवम् उत्तरको पहाड र दक्षिणको तराई आएर मिलेको ठाँउ हो। यसको ऊँचाई ११४८ फिट (३४९ मी.) छ। यो सहर तराई र पहाडी क्षेत्र बीच एउटा व्यापारिक केन्द्रको रूपमा छ।
धरान | |
---|---|
उपनाम: धरान बजार | |
देश | नेपाल |
अञ्चल | कोशी अञ्चल |
जिल्ला | सुनसरी |
संस्थापना | सन् १९५८ |
संस्थापक | रत्न प्रसाद श्रेष्ठ |
सरकार | |
• अङ्ग | धरान उपमहानगरपालिका |
• मेयर | हर्क साम्पाङ |
• उप मेयर | ऐन्द्रविक्रम बेघा |
क्षेत्रफल | |
• जम्मा | ३९.९२ वर्ग माइल (१०३.३८ किमी२) |
• पानी | १.७ वर्ग माइल (४.४ किमी२) |
जनसङ्ख्या (सन् २०२२) | |
• जम्मा | १६६५३१ |
• जातिहरू (मुख्य) | लिम्बू याक्खा राई सुनुवार नेवार बाहुन क्षेत्री |
• जातिहरू (अन्य) | मगर तामाङ गुरुङ भुजेल मुसलमान शेर्पा भोटे |
समय क्षेत्र | GMT +5:45 |
हुलाक कोड | ५६७०० (सुनसरी), ५६७०२ (मङ्गलबारे) |
क्षेत्रीय सङ्केत | ०२५ |
वेबसाइट | www |
यो सहरमा पहिले पूर्वीय नेपालको लागि गोर्खा सैनिक भर्ती केन्द्रको रूपमा परिचित थियोे, जसको स्थापना सन् १९५३ मा भएको हो। धरानमा गोर्खा सैनिक भर्ती केन्द्र बन्द भई सकेको छ र त्यस भर्ती केन्द्रले उपयोग गरेको जग्गाजमिन एवम् स्थानको प्रयोग वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले थप केही नयाँ भवनहरू निर्माण एवम् पुरानाहरूको मर्मतसम्भार गरी सन् १९९३ देखि भोगचलन गर्दै आइरहेको छ।
नेपाल सरकारको मन्त्री परिषदले २०७१ वैशाख २५ गते धरान नगर पालिकामा पाँचकन्या गा.वि.स. (पानमारा)लाई समावेश गरेको एवं २०७१, मंगसीर १६ गते ६१ वटा नगरपालिका थप गर्ने र ७ वटा नगरपालिकालाई उपमहानगरपालिका बनाउने निर्णय गरेकोमा धरानलाई पनि नगरपालिकाबाट उपमहानगरपालिकामा विस्तार गरिएको हो। धरानलाई उपमहानगरपालिका घोषित गर्दा यसमा बिष्णुपादुका गाविसलाई समावेश गरिएको छ।