नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
नेपालको एक साम्यवादी दल / From Wikipedia, the free encyclopedia
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) वा छोट्करीमा नेकपा एमाले नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी) बीच एकीकरण भई २०४७ पुस २२ गते स्थापना भएको नेपालको सबैभन्दा ठूलो विपक्षी राजनीतिक दल हो।
नेपाल कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) | |
---|---|
सभापति | खड्गप्रसाद ओली[1] |
महासचिव | शङ्कर पोखरेल |
सचिव | गोकर्ण विष्ट योगेश भट्टराई पद्मकुमारी अर्याल छविलाल विश्वकर्मा लेखराज भट्ट टोपबहादुर रायमाझी रघुवीर महासेठ |
विद्यार्थी नेता(बुद्धभुमि न.पा. कपिलवस्तु) | कृष बन्जाडे |
वरिष्ठ उपाध्यक्ष | ईश्वर पोखरेल |
उपाध्यक्ष | अष्टलक्ष्मी शाक्य सुरेन्द्र पाण्डे |
उपमहासचिव | प्रदीप ज्ञवाली विष्णु रिमाल पृथ्वीसुब्बा गुरुङ |
स्थापना | २०४७ पुस २२ |
विघटन | २०७५ जेठ ३ (नेकपा (माके)सँग एकीकरण) |
समायोजन | नेकपा (मार्क्सवादी) नेकपा (मार्क्सवादी–लेनिनवादी) |
अग्रकालीन | नेकपा[2][3](२०७५–२०७८) |
प्रमुख कार्यालय | थापाथली, काठमाडौँ |
सक्रिय सदस्य (२०७८ भदौ) | ६,००,०००[4] |
विचारधारा | साम्यवाद मार्क्सवाद-लेनिनवाद जनताको बहुदलीय जनवाद |
राजनीतिक स्थान | बाम देखि उग्र बाम[5][6] |
अन्तर्राष्ट्रिय सम्बद्धता | कम्युनिस्ट र मजदुरका दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन |
प्रतिनिधि सभा | ९६ / २७५
|
राष्ट्रिय सभा | १८ / ५९
|
प्रदेश सभा | १७८ / ५५०
|
स्थानीय सरकार | २७४ / ७५३ नगरप्रमुख/अध्यक्ष
|
निर्वाचन चिह्न | |
राजनीतिक दलको झन्डा | |
वेबसाइट | |
www |
नेपालको सङ्घीय संसदमा यो प्रमुख प्रतिपक्षी दल हो।[7] झण्डै ६,००,००० सदस्य रहेको यो नेपालको दोस्रो ठूलो दल हो। यो नेपाली काङ्ग्रेस लगायतका दुई मुख्य दलहरूमध्ये एक रहेको छ।
नेकपा (एमाले)ले पाँच वटा सरकारको नेतृत्व गरेको छ जसमा मनमोहन अधिकारीले एकपटक, केपी शर्मा ओली दुई पटक, माधवकुमार नेपालले एकपटक र झलनाथ खनालले एकपटक नेतृत्व गरेका थिए। २०७८ भदौमा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय समिति सदस्य र झलानाथ खनाल लगायत सांसद्ले, नेकपा (एकीकृत समाजवादी) नामक नयाँ दल गठन गरेसँगै दल विभाजित बन्न पुगेको थियो।[8][9]
यो पार्टीलाई बृद्ध भत्ता लगायत सामाजिक सुरक्षा भत्ता जस्ता लोकरिझाई कार्यक्रम सुरुवात गर्ने श्रेय/ आरोप दिइन्छ।
यद्यपि, संसद तथा सडकमा अवरोध गर्ने, सडकमा रेलिङ भाच्ने तथा टायर बाल्ने संसदीय विकृतिको सुरुवात गरेको दोष पनि यो पार्टीलाई जान्छ। यो पार्टीले लगातार ५७ दिन सम्म संसद अवरुद्ध [10] गरेर रेकर्ड कायम गरेको थियो। त्यो ५७ दिनको आफ्नै रेकर्ड रेकर्ड नौ महिना संसद अबरुद्ध गरेर २०७८ -२०७९ सालमा भंग गरेको थियो। [11]