भारतीय संसद
From Wikipedia, the free encyclopedia
संसद (पार्लियामाट) भारतको सर्वोच्च विधायी निकाय हो। भारतीय संसदमा राष्ट्रपति तथा दुई सदन - लोकसभा (प्रत्यक्ष मतद्वारा चुनिएका प्रतिनिधिहरूको सदन) एवं राज्यसभा (राज्यहरूका प्रतिनिधिहरूद्वारा चुनिएका व्यक्तिहरूको सदन) पर्छन्। राष्ट्रपतिसित संसदका दुइटै अथवाबाट कुनै पनि सदनलाई आव्हान गर्न वा स्थगित गर्न अथवा लोकसभालाई भंग गर्ने शक्ति हुन्छ। भारतीय संसदको सञ्चालन 'संसद भवन'मा हुन्छ। जो कि नयाँ दिल्लीमा स्थित छ।
छरितो तथ्यहरू भारतीय संसद, प्रकार ...
भारतीय संसद | |
---|---|
प्रकार | |
प्रकार | दुई सदनात्मक |
सदन | राज्य सभा लोक सभा |
नेतृत्वकर्ता | |
राज्य सभाका अध्यक्ष | मोहम्मद हामिद अंसारी, स्वतन्त्र पदासीन: 2007 |
बहुमत पार्टी नेता (राज्य सभा) | |
Majority Leader (Lok Sabha) | |
सिट | 802 (250 राज्य सभा + 552 लोक सभा) |
बैठक स्थल | |
चित्र:Sansad Bhavan view.jpg | |
संसद भवन | |
वेबसाइट | |
parliamentofindia |
बन्द गर्नुहोस्
लोक सभामा राष्ट्रको जनता द्वारा चुनिएका प्रतिनिधि हुन्छन् जसको अधिकतम संख्या ५५२ छ। राज्य सभा एउटा स्थायी सदन हो जसको सदस्य संख्या २५० हुन्छ। राज्या सभाका सदस्यहरूको निर्वाचन / मनोनयन ६ वर्षका लागि हुन्छ। जसका १/३ सदस्य प्रत्येक २ वर्षमा सेवानिवृत्त हुन्छन्।