नयाँ दिल्ली
भारतको राजधानी सहर / From Wikipedia, the free encyclopedia
नयाँ दिल्ली (/ˌnjuː ˈdɛli/ ( सुन्नुहोस्)) (पन्जाबी: ਨਵੀਂ ਦਿੱਲੀ, उर्दु: نئی دلی)[4][5] दिल्लीको एक जिल्ला र भारतको राजधानी क्षेत्र हो। नयाँ दिल्ली भारत सरकारको कार्यकारी, संसदीय र न्यायपालिका शाखाको सदनको रूपमा कार्य गर्दछ। यो दिल्लीको ११ जिल्लाहरू मध्ये एक हो। १४८३ वर्ग किलोमीटरमा फैलिएको दिल्ली भारतको तेस्रो सबैभन्दा ठुलो महानगर हो। यहाँको जनसङ्ख्या लगभग २ करोड ५० लाख रहेको छ। यहाँ बोलिने मुख्य भाषाहरू : हिन्दी, पन्जाबी, उर्दु र अङ्ग्रेजी हुन। यसको दक्षिण पश्चिममा अरावली पर्वत श्रृखला र पूर्वमा यमुना नदी रहेको छ, जसको किनारमा यो सहर अवस्थित छ। यो प्राचीन समयमा गङ्गा नदिको मैदान भएर जाने वाणिज्य मार्गको बाटोमा पर्न मुख्य स्थल थियो। यमुना नदीको किनारामा स्थित यस नगरको गौरवशाली पौराणिक इतिहास छ। यो भारतको अतिप्राचीन नगर हो। यसको इतिहासको प्रारम्भ सिन्धु घाटी सभ्यतासँग जोडिएको छ। हरियाणाको आसपासका क्षेत्रहरूमा भएको खोजबाट यस कुराको प्रमाण भेटिएका छन्। महाभारत कालमा यस शहरको नाम इन्द्रप्रस्थ थियो। दिल्ली सल्तनतको उत्थानसँग नै दिल्ली एक प्रमुख राजनीतिक, सास्कृतिक र वाणिज्यिक शहरको रूपमा देखापर्यो। यहाँ धेरै प्राचीन र मध्यकालीन भवनहरू तथा तिनका अवशेषहरूलाई देख्न सकिन्छ। सन १६३९ मा मुगल बादशाह शाहजहाँले दिल्लीमा नै एउटा चारै तर्फबाट पर्खालले घेरिएको सहरको निर्माण गराए, जुन सन् १६७९ देखि सन् १८५७ सम्म मुगल साम्राज्यको राजधानी रह्यो। १८औँ र १९औँ शताब्दीमा इस्ट इन्डिया कम्पनीले लगभग पुरा भारतलाई आफ्नो कब्जामा लियो। त्यसपछि उनीहरूले कोलकातालाई आफ्नो राजधानी बनाए। सन् १९११ मा अङ्ग्रेज सरकारले पुन: राजधानी दिल्ली फिर्ता लैजाने निर्णय गर्यो। यसको लागि पुरानो दिल्लीको दक्षिणमा एक नयाँ नगर नयाँ दिल्लीको निर्माण प्रारम्भ भयो। अङ्ग्रेजबाट सन् १९४७ मा स्वतन्त्रता प्राप्त गरेपछि नयाँ दिल्ली भारतको राजधानी घोषित गरियो। स्वतन्त्रता प्राप्ति पश्चात् दिल्लीमा विभिन्न क्षेत्रहरूबाट मान्छेहरूको आवागमन भयो, यसले दिल्लीको स्वरूपमा आमूल परिवर्तन ल्यायो। विभिन्न प्रदेसहरू, धर्महरू र जातजातिहरूका मान्छेहरूको दिल्लीमा बसाईका कारण दिल्लीको सहरीकरण त भयो नै साथै यहाँ एक मिश्रित संस्कृतिले पनि जन्म लियो। आज दिल्ली भारतको एक प्रमुख राजनीतिक, सास्कृतिक र वाणिज्यिक केन्द्रको रूपमा रहेको छ।
नयाँ दिल्ली
नई दिल्ली | |
---|---|
देश | भारत |
राज्य/केन्द्र सासित प्रदेश | दिल्ली |
स्थापना | १९११ |
उद्घाटन | १९३१ |
क्षेत्रफल | |
• राजधानी सहर | १,४८४ किमी२ (५७३ वर्ग माइल) |
उन्नतांश | २१६ मिटर (७०९ फिट) |
जनसङ्ख्या (२०११)[2] | |
• राजधानी सहर | २४९,९९८ |
• घनत्व | ५,८५४/किमी२ (१५१६०/वर्ग माइल) |
• महानगर | २१,७५३,४८६ |
भाषाहरू | |
• आधिकारिक | हिन्दी, अङ्ग्रेजी |
• दोश्रो आधिकारिक | उर्दु, पन्जाबी[3] |
समय क्षेत्र | युटिसी+५:३० (आइएसटी) |
हुलाक कोड | ११०xxx |
क्षेत्रीय सङ्केत | +९१-११ |
सवारी दर्ता | DL-1x-x-xxxx to DL-13x-x-xxxx |
वेबसाइट | www |