मेजर लिग सकर
From Wikipedia, the free encyclopedia
मेजर लिग सकर ( एमएलएस ) संयुक्त राज्य सकर महासंघ द्वारा आयोजना हुने व्यावसायिक फुटबल लीग हो, जसले संयुक्त राज्यमा खेलकुदको उच्च स्तरको प्रतिनिधित्व गर्दछ। [2] २०२३ को सिजनादेखि लिगमा संयुक्त राज्य अमेरिकाको २६ र क्यानाडाको ३ गरि कुल २९ टिम छन् । [3] [4] लिगको मुख्यालय मिडटाउन म्यानहट्टनमा छ।
छरितो तथ्यहरू देश, सङ्घ ...
देश | संयुक्त राज्य (२६ टिम) |
---|---|
सङ्घ | CONCACAF |
स्थापना | डिसेम्बर १७, १९९३; ३० वर्ष पहिले (१९९३-१२-17)[1] |
पहिलो संस्करण | १९९६ |
कन्फेसेन्स | Eastern Conference Western Conference |
टोलीको सङ्ख्या | 29 |
लेभल पिरामिड | 1 |
घरेलु कप | U.S. Open Cup Canadian Championship |
अन्तर्राष्ट्रिय कप | CONCACAF Champions Cup Campeones Cup Leagues Cup |
सर्वाधिक गोलकर्ता | Chris Wondolowski (171) |
वर्तमान MLS Cup | Los Angeles FC (1st title) (2022) |
वर्तमान Supporters' Shield | Los Angeles FC (2nd shield) (2022) |
सबैभन्दा बढी MLS Cups | LA Galaxy (5 titles) |
Most Supporters' Shields | D.C. United LA Galaxy (4 shields each) |
टिभी साझेदार | MLS Season Pass (Apple TV)
|
वेबसाइट | mlssoccer.com |
बन्द गर्नुहोस्
मेजर लिग सकरको स्थापना १९९३ मा १९९३ मा संयुक्त राज्य अमेरिका को १९९४ FIFA विश्वकप को आयोजनाको कबोलको एक भागको रूपमा भएको थियो। [5] उद्घाटन सत्र १९९६ मा दस टिम थिए। [6]
एलए ग्यालक्सी सँग सबैभन्दा धेरै मेजर लिग सकर कप छ, यो टिमले पांच कप जितेको छ। लस एन्जलस FC २०२२ सिजनको च्याम्पियन हो, २०२२ नोभेम्बर ५ मा भएको एम एल एस कपमा फिलाडेल्फिया युनियनलाई पेनाल्टीमा ३-० ले हराएर उपाधि जितेको थियो ।