रामराजाप्रसाद सिंह
नेपाली राजनीतिज्ञ / From Wikipedia, the free encyclopedia
रामराजाप्रसाद सिंह (बि स १९९१ - २०६९) नेपालका पहिला गणतन्त्रवादी नेता हुन। बि स १९९१ मा जिमिन्दारको परिवारमा जन्मेका सिंह २०४२ सालमा सिँहदरबारमा बम विस्फोट गराएका थिए। नेपालको पहिलो रास्ट्रपति चुनावमा एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का उम्मेदवार थिए।[1] राजा महेन्द्रको पालादेखि नै गणतान्त्रिक आन्दोलनमा लागेका यिनलाई सर्वस्व हरणसहित मृत्युदण्डको सजाय सुनाइएको थियो।