रामायण
प्राचीन संस्कृत महाकाव्य / From Wikipedia, the free encyclopedia
रामायण (संस्कृत : रामायणम् = राम + आयणम् ; शब्दको अर्थ: 'रामको जीवन यात्रा') वाल्मीकि ऋषिद्वारा संस्कृतमा लेखिएको एक हिन्दु महाकाव्य हो। यसमा २४,००० श्लोकहरू रहेका छन।[1] यसमा हिन्दु धर्मका देवता विष्णुको अवतार मानिने रघुवंशका राजा रामको गाथा लेखिएको छ। यसमा सातवटा अध्यायहरू छन जसलाई काण्ड भनिन्छ।