लोकतन्त्र
From Wikipedia, the free encyclopedia
लोकतन्त्र (वा प्रजातन्त्र) शासनको एउटा व्यवस्था हो। यो व्यवस्था दुई प्रकारका हुन्छन्। प्रत्यक्ष प्रजातन्त्रमा शासनको दायित्व सीधा रूपमा शासित जनताले निर्वाह गर्दछन् भने प्रतिनिधिमूलक लोकतन्त्रमा शासनको दायित्व जनताद्वारा निर्वाचित प्रतिनिधिहरूद्वारा हुने गर्दछ। प्रायः, सानो जनसङ्ख्यामा प्रत्यक्ष र ठूलो जनसङ्ख्यामा प्रतिनिधिमूलक लोकतन्त्र बढी प्रभावकारी देखिन्छन् ।
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
राजनीतिक सिद्धान्तमा लोकतन्त्रले एउटा निश्चित प्रकारको शासन र सो सँग सम्बन्धित राजनीतिक विचारधारालाई जनाउंदछ। लोकतन्त्रको सर्वमान्य परिभाषा नभएतापनि [1] यसका दुई प्रमुख सिद्धान्त छन् जुन लोकतन्त्रका कुनै पनि परिभाषामा देखा पर्दछन्। ती हुन् समानता र स्वतन्त्रता।[2] यी सिद्धान्तहरूको प्रतिबिम्ब कानुन समक्ष सबै नागरिकहरू बराबर हुने र राज्यको शक्तिमा सबैजनाको समान पहुंच हुने व्यवस्थामा देखिन सकिन्छ।[3] साथै, सबै नागरिकले वैधानिक स्वतन्त्रतालाई उपभोग गर्न पाउँदछन् र नागरिकद्वारा यो स्वतन्त्रताको उपभोग गर्न पाउने व्यवस्था संविधानमा तोकिएको हुन्छ। [4][5]
प्रजातन्त्रका विभिन्न प्रकारहरु हुन्छन्। यी विभिन्न प्रकारहरूमा विशेष गरेर प्रतिनिधित्त्व र स्वतन्त्रताको अधिकार भिन्न भिन्न स्तरमा गरिएका हुन्छन्। [6][7]
लोकतन्त्र (शाब्दिक अर्थ "मान्छेको शासन", संस्कृत लोक, "जनता" ,तन्त्र ,"शासन", ) या प्रजातन्त्र एक यस्तो शासन व्यवस्था छ जसमा जनता आफ्नो शासक आफू चुनती छ । यो शब्द लोकतांत्रिक व्यवस्था र लोकतांत्रिक राज्य दुवैको लागि प्रयुक्त हुन्छ। यद्यपि (यस्तो भएता पनि) लोकतन्त्र शब्दको प्रयोग राजनीतिक सन्दर्भमा गरिन्छ, तर लोकतन्त्रको सिद्धान्त दोश्रो समूहहरू र सङ्गठनहरूको लागि पनि संगत छ। सामांयतः लोकतन्त्र विभिन्न सिद्धान्तहरूको मिश्रण देखि बनेको छन्, तर मतदानको लोकतन्त्रको अधिकांश प्रकारहरूको चरित्रगत लक्षण मानिन्छ।