२०१९ एएफसी एसिया कप
From Wikipedia, the free encyclopedia
२०१९ एएफसी एसिया कप एसियाली फुटबल महासङ्घद्वरा आयोजना गरिएको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता थियो। यो एएफसी एसिया कपको १७ औँ संस्करण संयुक्त अरब इमिरेट्समा ५ जनवरी देखि १ सेप्टेम्बर २०१९ सम्म आयोजित गरिएको थियो।[1]
كأس آسيا 2019 | |
---|---|
प्रतियोगिता विवरण | |
आयोजक राष्ट्र | संयुक्त अरब इमिरेट्स |
मिति | ५ जनवरी – १ फेब्रुअरी |
टोलीहरू | २४ |
स्थान(हरू) | ८ (४ आयोजक सहरहरूमा) |
अन्तिम स्थान | |
विजेता | कतार (१औँ उपाधि) |
उप-विजेता | जापान |
प्रतियोगिता तथ्याङ्क | |
खेलिएका खेलहरू | ५१ |
शीर्ष गोलकर्ता(हरू) | अलमोज अली |
← २०१५ २०२३ → |
संयुक्त अरब इमिरेट्सलाई ९ मार्च २०१५ मा प्रतियोगिताको आयोजकको रूपमा घोषणा गरिएको थियो। संयुक्त अरब इमिरेट्सले एक मात्र आयोजकको लगि बोली दिने इरानलाई पछि पार्दै आयोजक बनेको थियो। यसका साथै २ पटक संयुक्त अरब इमिरेट्सले आयोजना गर्ने मौका पाएको थियो, यस अघि १९९६ मा आयोजना गरेको थियो।
पहिलो पटक, एसिया कपमा २४ टिमहरूको सहभागीता हुने छ जुन २००४ देखि २०१५ सम्म प्रयोग भएको १६-टोली ढाँचाबाट विस्तार गरिने छ। यस नयाँ ढाँचा अन्तर्गत, समूह चरणमा ४ टोलीका साथ ६ समुह हुनेछन्। टोलीहरू आफ्नो समुहमा रहेका प्रतिस्पर्धिहरूसँग प्रतिस्पर्धा गर्नेछन्, त्यसपछि १६ उत्कृष्ट टोलीहरूको न्युकआउट चरणमा पुग्नेछन्। आयोजक राष्ट्र स्वचालित रूपमा प्रतियोगिताका लागि छनोट भए तापनि बाँकी २३ टोलीहरू स्थानहरू मार्च २०१५ देखि मार्च २०१८ सम्म चलिरहेको प्रतिस्पर्धामार्फत अन्य ४५ राष्ट्रिय टोलीहरू तय गरिएको थियो, एएफसीको लागि विश्वकप छनोट प्रक्रियामा पहिलो दुई राउन्डले २०१८ फिफा विश्वकप छनोट खेलको रूपमा सेवा गरेको थियो।
अस्ट्रेलिया , २०१५ एएफसी एसिया कपको बिजेता भएकाले स्वचालित रूपमा छनोट भएको थियो । २०१९ एएफसी एसिया कपको विजेताले २०२१ फिफा कन्फेडेरेसन्स कपमा भाग लिने अधिकार पाउनेछ छैन । २०२२ फिफा विश्वकपको आयोजक राष्ट्र, कतरले २०२१ फिफा कन्फेडेरेसन्स कपमा आयोजकको अधिकार गुमाए पछि यो प्रतियोगिताको आयोजक राष्ट्र चुनिएको छैन जुन अहिलेसम्म एएफसीको तयारीमा रहेको छ । उप-बिजेता छनोट भएको खण्डामा वा देशले एएफसी एसिया कप जितेको खण्डामा २०२१ फिफा कन्फेडेरेसन्स कप आयोजकको रूपमा छनोट हुनेछ ।