२०१५ एएफसी एसिया कप
From Wikipedia, the free encyclopedia
(अंग्रेजी:-2015 AFC Asian Cup) २०१५ एएफसी एसिया कप यो एएफसी एसिया कबको सोह्रौँ संस्करण हो।यो एक एएफसी का सदस्य राष्ट्रहरूका पुरूष फुटबल टिमहरू बिचको एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो।जसको आयोजना सन् २०१५ जनवरी ९ देखि ३१ सम्म सञ्चालन भएको थियो ।[1] यस प्रतियोगिता आयोजक राष्ट्र अस्ट्रेलियाले नै जित्न सफल भएको थियो ।जसले पहिलो पटक उपाधि जित्ने क्रममा फाइनलमा चिरप्रचित प्रतिद्वन्द्वी तथा यस प्रतियोगिताको पुर्व (दक्षिण कोरिया) विजेतालाई २-१ गो अन्तरले हराएको थियो ।साथै यस फाइनलो स्पष्ट नतिजा आउन अतिरिक्त समयनै कुर्नु परेको थियो ।उपाधि सँगै अस्ट्रेलियाले सन् २०१७ मा रसियामा हुने फिफा कन्फेडेरेसन कपमा समेत आफ्नो स्थान सुनिश्चित गरेको छ।
चित्र:2015 AFC Asian Cup logo.svg | |
प्रतियोगिता विवरण | |
---|---|
आयोजक राष्ट्र | अस्ट्रेलिया |
मिति | ९-३१ जनवरी |
टोलीहरू | 16(1 सङ्घबाट) |
स्थान(हरू) | 5 (5 आयोजक सहरहरूमा) |
अन्तिम स्थान | |
विजेता | अस्ट्रेलिया (1औँ उपाधि) |
उप-विजेता | दक्षिण कोरिया |
तेस्रो स्थान | संयुक्त अरब इमिरेट्स |
चौथो स्थान | इराक |
प्रतियोगिता तथ्याङ्क | |
खेलिएका खेलहरू | ३२ |
गोल सङ्ख्या | ८५ (२.६६ प्रति खेल) |
उपस्थिति | ७०५,७०५ (२२,०५३ प्रति खेल) |
शीर्ष गोलकर्ता(हरू) | अलि मबक्होउट (५ गोल) |
उत्कृष्ट खेलाडी(हरू) | मस्समो लुओन्गो |
उत्कृष्ट गोलरक्षक | माथेव रियान |
उत्कृष्ट खेल पुरस्कार | अस्ट्रेलिया |
← २०११ २०१९ → |
अस्ट्रेलियालाई यस प्रतियोगिताको योग्य आयोजकका रूपमा भने २०११ जनवरी ०५ मा नै छनोट गरिएको थियो ।यस प्रतियोगिताका सम्पूर्ण खेलहरू पाँच फरकफरक सहरका पाँच फरकफरक रंगशालाहरूमा खेलाइएको थियो।संयोगले अस्ट्रेलिया पहिलो पटक यस प्रतियोगिता आयोजना गर्दै विजेताको ताज पहिरिन सफल रह्यो ।आयोजकको हैसियतले अस्ट्रेलिया पहिलेनै यस प्रतियोगितामा छनोट भएको थियो ।अन्य १५ टिमहरू भने छनोट चरण पार गरेर प्रतियोगितामा सहभागीता जनाएका थिए।४४ एएफसीका सदस्य राष्ट्रहरू बिचको छनोट खेलहरू भने फेब्रुअरी २०१३-१४ सम्म चलेको थियो।[2]