गिरिजाप्रसाद कोइराला
नेपाली राजनितिज्ञ / From Wikipedia, the free encyclopedia
गिरिजाप्रसाद कोइराला एक नेपाली राजनीतिज्ञ र नेपाली कांग्रेसका सभापति थिए।[1] उनी वि.सं. २०४८ जेठ १२ देखि वि.सं. २०५१ मङ्सिर १४, वि.सं. २०५५ वैशाख २ देखि वि.सं. २०५६ जेठ १७, वि.सं. २०५६ चैत्र ९ देखि वि.सं. २०५८ साउन ११ र वि.सं. २०६५ जेठ १५ देखि वि.सं. २०६५ भदौ २ सम्म गरि चार पटक नेपालको प्रधानमन्त्री भएका थिए।[2] २०४६ सालपछिको २० वर्षे नेपाली राजनीतिको शीर्ष स्थानमा रहने एक मात्र नेता गिरिजाप्रसाद कोइराला नै हुनुहुन्थ्यो । बहुदलीय व्यवस्थाको पुर्नस्थापनापछि कोइराला चार पटक नेपालको प्रधानमन्त्री बन्नुभयो । उनी वि.सं. २०१६ पछिको पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए। त्यति बेला उनका दाजु विश्वेश्वरप्रसाद कोइराला र उनको राजनैतीक पार्टी नेपाली कांग्रेसले नेपालको प्रथम लोकतान्त्रिक निर्वाचनमा स्पष्ट बहुमत ल्याएको थियो।[3] उनी नेपाली कांग्रेसका सभापति र सात राजनैतिक दलहरूको मोर्चाको नेता थिए।[4] उनी ६० वर्षभन्दा धेरै समयसम्म राजनीतिमा संलग्न रहेका थिए।[5] उनले आफ्नो राजनीतिक जीवनको सुरुवात, आफ्नो गृहनगर विराटनगरको जुट मिलका श्रमिक नेताको रूपमा गरेका थिए।[6] वि.सं. २०६६ साल चैत ७ गते मध्यान्ह १२ बजेर १० मिनेट जाँदा उनको निधन भएको थियो।[7] माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराएका उनलाई एक निर्भीक र निडर नेताका रूपमा लिने गरिन्छ। [8][9]
गिरिजाप्रसाद कोइराला | |
---|---|
नेपालका राष्ट्र प्रमुख | |
कार्यकाल २०६३ माघ १ – २०६५ साउन ८ | |
पूर्वाधिकारी | ज्ञानेन्द्र शाह (राजा) |
उतराधिकारी | रामवरण यादव (राष्ट्रपति) |
नेपालका प्रधानमन्त्री | |
कार्यकाल २०६३ वैशाख १२ – २०६५ भदौ २ | |
एकाधिपति | राजा ज्ञानेन्द्र |
सहायक | रामचन्द्र पौडेल |
पूर्वाधिकारी | शेरबहादुर देउबा |
उतराधिकारी | पुष्प कमल दाहाल |
कार्यकाल २०५६ चैत ९ – २०५८ साउन ११ | |
एकाधिपति | राजा वीरेन्द्र राजा दीपेन्द्र राजा ज्ञानेन्द्र |
पूर्वाधिकारी | कृष्णप्रसाद भट्टराई |
उतराधिकारी | शेरबहादुर देउबा |
कार्यकाल २०५५ वैशाख २ – २०५६ जेठ १७ | |
एकाधिपति | राजा वीरेन्द्र |
पूर्वाधिकारी | सूर्यबहादुर थापा |
उतराधिकारी | कृष्णप्रसाद भट्टराई |
कार्यकाल २०४८ जेठ १२ – २०५१ मङ्सिर १४ | |
एकाधिपति | राजा वीरेन्द्र |
पूर्वाधिकारी | कृष्णप्रसाद भट्टराई |
उतराधिकारी | मनमोहन अधिकारी |
नेपाली कांग्रेसका ५औँ सभापति | |
कार्यकाल २०५३ वैशाख २९ – २०६६ चैत ७ | |
पूर्वाधिकारी | कृष्णप्रसाद भट्टराई |
उतराधिकारी | सुशील कोइराला |
व्यक्तिगत विवरण | |
जन्म | गिरिजा प्रसाद कोइराला वि.स. १९८१ असार १८ सहरसा जिल्ला, बिहार, भारत |
मृत्यु | वि.सं. २०६६ साल चैत ७ काठमाण्डौ, नेपाल |
नागरिकता | नेपाली |
राजनीतिक दल | नेपाली कांग्रेस |
जीवन साथी | सुष्मा कोइराला |
सन्तान(हरू) | सुजाता कोइराला |
अभिभावक(हरू) | कृष्णप्रसाद कोइराला दिव्या कोइरालाका |
आफन्तहरू | विश्वेश्वरप्रसाद कोइराला मातृकाप्रसाद कोइराला (दाजुहरू) |
पेशा | राजनीतिज्ञ |