रामवरण यादव
पहिलो नेपाली राष्ट्रपति र नेपाली कांग्रेसको मधेसी नेता / From Wikipedia, the free encyclopedia
डा. रामवरण यादव (जन्म २००४ साल माघ २२ गते)[2] नेपालको प्रथम तथा भूतपूर्व राष्ट्रपति हुन। उनी २०६५ साउनमा निर्वाचित भएका नेपालका प्रथम राष्ट्रपति हुन । उनले यस अघि स्वास्थ्य मन्त्रीको रूपमा र नेपाली काँग्रेस पार्टीको महासचिवको रूपमा सेवा गरे ।
रामवरण यादव | |
---|---|
१ औं नेपालको राष्ट्रपति | |
कार्यकाल २३ जुलाई २००८[1] – २८ अक्टूबर २०१५ | |
प्रधानमन्त्री | |
उपराष्ट्रपति | परमानन्द झा |
पूर्वाधिकारी | संविधान स्थापना |
उतराधिकारी | विद्यादेवी भण्डारी |
नेपाली कांग्रेसका महामन्त्री | |
कार्यकाल १९९६–२०१० | |
सभापति | गिरिजाप्रसाद कोइराला |
पूर्वाधिकारी | |
उतराधिकारी | |
व्यक्तिगत विवरण | |
जन्म | २००४ माघ २२ ४ फेब्रुअरी १९४८ सपही धनुषा, नेपाल |
राजनीतिक दल | नेपाली काँग्रेस |
जीवन साथी | जुलेखा यादव [2] |
सन्तान(हरू) | डा. चन्द्रमोहन यादव चन्द्रशेखर यादव (छोरा) अनीता यादव (छोरी) |
यादव बिसं २०४७ देखि २०५० सम्म नेपाली कांग्रेसको सरकारमा स्वास्थ्य राज्यमन्त्री थिए । उनी बिसं २०५६ मा निर्वाचनमा नेपाली कांग्रेसको उम्मेद्वारको रूपमा प्रतिनिधि सभाको लागि निर्वाचित भएका थिए। उक्त निर्वाचन पछि उनी स्वास्थ्यमन्त्री भए । वि.सं. २०६४ बैशाखमा, यादवको जनकपुर स्थित निवासमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका लडाकुहरूले आक्रमण गरे। उनीहरूले घरमा कब्जा गरेको एउटा सूचना दिए, यसमा आफ्नो झन्डा फहराए र एउटा बम राखे । बि.सं २०६४ चैत्रको संविधान सभा निर्वाचनमा यादवले धनुषा ५ संसदीय क्षेत्रमा प्रतिस्प्रधा गरे । १०,३९२ मत प्राप्त गरेर त्यो स्थान जिते । पहिलो चरणमा भएको निर्वाचन स्तगित भएपछि, २०६५ साउन ६ मा पुन दोस्रो चरणको निर्वाचन गराईयो । यस दोस्रो चरणको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का उमेद्वार राम राजा प्रसाद सिंहलाई २८२ हराउदै उनी नेपालका प्रथम राष्ट्रपतिको रूपमा निर्वाचित भए । उनले संविधान सभा खसेको ५९० मत मध्ये ३०८ मत पाएका थिए । उनले बि.सं २०६५ साउन ८ गते नेपालको प्रथम राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरे । प्रधान न्यायाधीश केदारप्रसाद गिरीले उनलाई राष्ट्रपति भवन शितल निवासमा पद र गोपनीयताको शपथ दिलाए । शपथ ग्रहण समारोहमा तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला लगायत अन्य महानुभवहरू उपस्थित थिए। उनले पनि उपराष्ट्रपति परमानन्द झालाई शपथ गराए ।