जम्मु
From Wikipedia, the free encyclopedia
जम्मू /ˈdʒ[invalid input: 'ah']m[invalid input: 'oo']/ (उर्दु: جموں उच्चारणⓘ, पञ्जाबी: ਜੰਮੂ), भारतको उत्तरतम राज्य जम्मू एवं कश्मीर मा तीनमध्ये एक प्रशासनिक खण्ड हो । यो क्षेत्र जम्मू एवं कश्मीर राज्यको एक भाग हो । क्षेत्रको प्रमुख जिल्लामा डोडा, कठुआ, उधमपुर, राजौरी, रामबन, रियासी, साम्बा, किश्तवार एवं पुन्छ आउछ । क्षेत्रको अधिकांश भूमि पहाडी वा पथरीली हो । यसैमा पीर पन्जाल रेन्ज पनि आउछ जुन कश्मीर घाटीलाई हिमालय देखि पूर्वी जिल्ला डोडा र किश्तवारमा पृथक गर्दछ । यहाको प्रधान नदी चेनाब (चन्द्रभागा) हो ।
जम्मू
جموں | |
---|---|
प्रशासनिक मन्डल | |
राष्ट्र | भारत |
राज्य | जम्मू र कश्मीर |
जिल्ला | जम्मु, डोडा, कठुआ, रामबन, रियासी, किश्तवार, पुन्छ, राजौरी, उधमपुर, साम्बा |
स्थापना | १४वीं शताब्दी, ई.पू. |
संस्थापक | राजा जम्बू लोचन |
मुख्यालय | जम्मू |
सरकार | |
• प्रकार | केन्द्रीय |
• अङ्ग | राज्य सरकार |
क्षेत्रफल | |
• जम्मा | २२२,२०० किमी२ (८५८०० वर्ग माइल) |
उन्नतांश | ३०५ मिटर (१००१ फिट) |
जनसङ्ख्या | |
• जम्मा | १३,७९०,६७८ |
• घनत्व | ६२/किमी२ (१६०/वर्ग माइल) |
भाषाएं | |
• आधिकारिक | वर्णक्रमात्मक व्यवस्थित |
समय क्षेत्र | युटिसी+5:30 (IST) |
पिनकोड | 0191 |
सवारी दर्ता | JK02- |
वेबसाइट | www.jammu.nic.in |
जम्मू शहर, जसलाई आधिकारिक रूपले जम्मू-तवी पनि भनिन्छ, यस प्रभागको सबैभन्दा ठुलो नगर हो र जम्मू एवं कश्मीर राज्यको शीतकालीन राजधानी पनि हो । नगरको बीचबाट तवी नदी निक्लन्छ, जसको कारण यस नगरलाई यो आधिकारिक नाम मिलेको हो । जम्मू शहरलाई "मन्दिरहरूको शहर" पनि भनिन्छ, किनकि यहा धेरै मन्दिर एवं तीर्थ छन् जसको चमकते शिखर एवं दमकते कलश नगरको क्षितिजरेखामा सुवर्ण बिन्दुहरू जस्तै देखिन्छ र एक पवित्र एवं शान्तिपूर्ण हिन्दू नगरकोका वातावरण प्रस्तुत गर्दछ ।
यहा केहि प्रसिद्ध हिन्दु तीर्थ पनि छन्, जस्तै वैष्णो देवी, आदि जसको कारण जम्मू हिन्दू तीर्थ शहरहरूमा गनिन्छ । यहाको अधिकांश जनसङ्ख्या हिन्दू तथा सिख छन् ।[1]