अकबर
From Wikipedia, the free encyclopedia
जलाल उद्दीन मोहम्मद अकबर (جلال الدین محمد اکبر ) (१५ अक्टोबर, १५४२-२७ अक्टोबर, १६०५) तैमूर वंशका मुगल साम्राज्यका तेस्रो शासक थिए।[1] अकबरलाई अकबर-ऐ-आजम (अर्थात अकबर महान), शहंशाह अकबर, अकबर बादशाह, महाबली शहंशाहको नामबाट पनि चिनिन्छ।[2] अकबर मुगल साम्राज्यको संस्थापक जहीरुद्दीन मुहम्मद बाबरका नाति र राजा नसिरुद्दीन हुमायूँ तथा रानी हमीदा बानोका छोरा थिए। अकबरको वंश तैमुर थियो र उनकी आमा मंगोल राजा चंगेज खाँका वंशकी थिइन् । अकबरको शासन कालमा मुगल साम्राज्यमा उत्तरी र मध्य भारतको अधिकांश भाग सम्मिलित थिए । मुगल साम्राज्य त्यस समयको सर्वाधिक शक्तिशाली साम्राज्यहरू मध्ये एक थियो।[3] त्यस समयका बादशाहहरूमा अकबर हिन्दू र मुसलमान दुइटै धर्मालम्बीहरूले बराबर प्रेम र सम्मान प्राप्त गर्ने एक मात्र राजा थिए । उनले हिन्दू-मुसलमान सम्प्रदाहरूको बीचको दूरीहरू कम गर्नको लागि दीन-ए-इलाही नामक धर्मको स्थापना गरे । [4] उनको दरबार सबैको लागि हर समय खुला रहन्थ्यो । उनको दरबारमा दरबारियाहरू मुसलमान अपेक्षामा हिन्दु धेरै थिए ।
अकबर | |||||
---|---|---|---|---|---|
तेस्रो मुगल सम्राट | |||||
शासनकाल | २७ जनवरी १५५६ - २५ अक्टोबर १६०५ (४९ वर्ष, २७५ दिन) | ||||
राज्याभिषेक | १४ फेब्रुअरी १५५६ | ||||
पूर्वाधिकारी | हुमायूँ | ||||
उत्तराधिकारी | जहाँगिर | ||||
Regent | बैराम खान (१५५६-१५६१) | ||||
जन्म | (१५४२-१०-१४)१४ अक्टोबर १५४२ उमेरकोट, सिन्ध | ||||
मृत्यु | २७ अक्टोबर १६०५(1605-10-27) (उमेर ६३) फतेहपुर सिकरी, आगरा | ||||
Burial | सिकन्द्रा, आगरा | ||||
जीवनसाथीहरू | रुकैया सुल्तान बेगम सलिमा सुल्तान बेगम मरियम-उज-जमानी | ||||
सन्तान | जहाँगिर मुराद दनियाल अन्य ६ छोरीहरू | ||||
| |||||
घराना | तैमुर | ||||
वंश | मुगल | ||||
बाबु | हुमायूँ | ||||
आमा | हमिदा बानु बेगम | ||||
धर्म | इस्लाम |
अकबर आफ्नो पिता नसिरुद्दीन मुहम्मद हुमायूँको मृत्यु पश्चात तेह्र वर्षको उमेरमा दिल्लीको राजगद्दीमा बसेका थिए।[4] आफ्नो शासन कालमा उनले शक्तिशाली पश्तून वंशज शेरशाह सूरीको आक्रमणलाई रोक्नुको साथै पानीपतको द्वितीय युद्धमा नवघोषित हिन्दू राजा हेमूलाई पराजित गरेका थिए।[5][6] अकबरलाई आफ्नो साम्राज्यको गठन गर्न तथा उत्तरी र मध्य भारतको सबै क्षेत्रहरूलाई एकछत्र अधिकारमा ल्याउन लगभग दुइ दशक लागेको थियो।