उरिदू ओमान
From Wikipedia, the free encyclopedia
उरिदू ओमान (पूर्व नवरास) मध्य पूर्वमा अवस्थित राष्ट्र ओमानको एक अग्रणी दूरसञ्चार कम्पनी हो जून कतारको बहुराष्ट्रिय दूरसञ्चार कम्पनी उरिदूको नियन्त्रणमा रहेको छ। यो ओमानको पहिलो निजी स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी हो। यसले सन् २०१० सम्ममा २० लाख ग्राहकहरूलाई सेवा प्रदान गरेको थियो। यसले दोस्रो पुस्ता, तेस्रो पुस्ता, वाइम्याक्स र फाइबर बीचमा आवाज तथा डाटा सेवाहरू बिक्री वितरण गर्दछ।
व्यवसाय प्रकार | निजी |
---|---|
उद्योग | दूरसञ्चार |
स्थापित | सन् २००४ (नवरासको रूपमा); सन् २०१४ (उरिदूको रूपमा) इरान चार्ल्स डेञ्च (कार्यकारी) |
केन्द्रीय कार्यालय | , ओमान |
कर्मचारी सङ्ख्या | +१००० |
वेबसाइट | www.ooredoo.om |
सन् २०१० यता, यसलाई ओमानको एक मात्र सेयर बजार मस्कट सेयर बजारमा सूचीबद्ध गरिएको छ।[1] बजार पूँजीकरणका हिसाबले यो चौथो ठूलो दूरसञ्चार कम्पनी हो। यसको प्रधान कार्यालय ओमानको राजधानी मस्कटमा अवस्थित छ। यसको स्थापना सन् २००४ मा नवरासको रूपमा भएको थियो।[1] नोभेम्बर २०१४ मा, नवरास आधिकारिक रूपमा उरिदू ओमानमा पुनर्गठित भएको थियो। अक्टोबर २०१५ मा उरिदू ओमान, ओमानको शीर्ष २० उत्कृष्ट सक्रिय कम्पनीहरूको रूपमा ५ वर्ष लगातार घोषित भएको थियो।