नेपालको प्रशासनिक विभाजन
From Wikipedia, the free encyclopedia
नेपालको प्रशासनिक विभाजन नेपालका उपराष्ट्रिय प्रशासनिक एकाइहरू हुन्। नेपालको पहिलो तहका विभाजन भनेको प्रदेशहरू हुन् । प्रत्येक प्रदेशलाई जिल्ला, प्रत्येक जिल्लालाई नगरपालिका वा गाउँपालिका र ती प्रत्येक गाउँपालिका वा नगरपालिकालाई वडामा विभाजन गरिएको छ। वि.सं २०७२ अघि प्रदेशहरूको सट्टा नेपाललाई विकासक्षेत्र र प्रशासनिक क्षेत्रमा (अञ्चल) मा विभाजन गरिएको थियो।
वि.सं २०७२ मा नेपालको नयाँ संविधानको आवश्यकता पूरा गर्दै सबै पुराना नगरपालिका र गाउँ विकास समितिहरू (३९०० भन्दा बढी) लाई ७५३ नयाँ नगरपालिका र गाउँपालिकामा पुनर्संरचना गरिएको थियो। पूर्व ७५ जिल्ला विकास समितिहरूलाई पनि ७७ नयाँ जिल्ला समन्वय समितिहरूले प्रतिस्थापन गरेका थिए जसमा जिल्ला विकास समितिको तुलनामा धेरै कम शक्ति छ। हाल ६ महानगर, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका रहेका छन् ।
सङ्घीय सरकार | |||||||||||||||||||||||||||||||||||
७ प्रदेश (उदाहरण कर्णाली) | |||||||||||||||||||||||||||||||||||
७७ जिल्ला (उदाहरण नुवाकोट) | |||||||||||||||||||||||||||||||||||
६ महानगरपालिका (उदाहरण भरतपुर) | ११ उपमहानगर (उदाहरण धरान) | २७६ नगरपालिका (उदाहरण रत्ननगर) | ४६० गाउँपालिका (उदाहरण इच्छाकामना) | ||||||||||||||||||||||||||||||||