श्रीलङ्का
दक्षिण एसियाली राष्ट्र / From Wikipedia, the free encyclopedia
श्रीलङ्का, आधिकारिक रूपमा लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्का, दक्षिण एसियामा अवस्थित एउटा द्वीपीय देश हो। यो देश हिन्द महासागरमा अवस्थित छ, बङ्गालको खाडीको दक्षिणपश्चिममा, भारतीय प्रायद्वीपबाट मन्नारको खाडी र पाल्क जलसन्धिले छुटेको छ। श्रीलङ्काले दक्षिण-पश्चिममा माल्दिभ्स र उत्तर-पश्चिममा भारतसँग सामुद्रिक सीमाना साझा गर्दछ। श्रीलङ्कामा लगभग २ करोड मानिसहरूको आबादी छ र धेरै संस्कृति, भाषा र जातिहरूको घर हो। सिंहली जातिहरूले राष्ट्रको जनसङ्ख्याको बहुमत बनाउँछन्, त्यसपछि तमिलहरू छन्, जो सबैभन्दा ठुलो अल्पसङ्ख्यक समूह हुन् र उत्तरी श्रीलङ्कामा केन्द्रित छन्; दुवै समूहले द्वीपको इतिहासमा प्रभावशाली भूमिका खेलेका छन्।
लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्का | |
---|---|
राजधानी |
|
सबैभन्दा ठुलो सहर | कोलम्बो |
आधिकारिक भाषाहरू | |
मान्यता प्राप्त भाषाहरू | अङ्ग्रेजी |
जातिगत समूहहरू (सन् २०१२[4]) |
|
धर्म (सन् २०१२) | ७०.२% बुद्ध धर्म (आधिकारिक)[5] १२.६% हिन्दु धर्म ९.७% इस्लाम ७.४% ईसाई धर्म ०.१% अन्य |
रैथाने(हरू) | श्रीलङ्काली |
सरकार | एकात्मक अर्ध राष्ट्रपति प्रणाली[6] |
रणिल विक्रमासिङ्घे | |
दिनेश गुणवर्द्धना | |
व्यवस्थापिका | संसद |
क्षेत्रफल | |
• जम्मा | ६५,६१०.२ किमी२ (२५,३३२.२ वर्ग माइल) (१२०औँ) |
• पानी (%) | ४.४ |
जनसङ्ख्या | |
• सन् २०२२ अनुमानित | २२,१८१,०००[7] (५७औँ) |
• सन् २०१२ जनगणना | २०,२७७,६००[8] |
• घनत्व | ३३७.७ /किमी2 (८७४.६ /वर्ग माइल) (२४औँ) |
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) | सन् २०२३ लगत |
• जम्मा | $३१८.६ बिलियन[9] (६०औँ) |
• प्रति व्यक्ति | $१४,२३४[9] (१०१औँ) |
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक) | सन् २०२३ लगत |
• जम्मा | $७३.७ बिलियन[9] (७९औँ) |
• प्रति व्यक्ति | $३,२९३[9] (१३२औँ) |
गिनी (सन् २०१६) | ३९.८[10] मध्यम |
मानव विकास सूचकाङ्क (सन् २०२१) | ०.७८२[11] उच्च · ७३औँ |
मुद्रा | श्रीलङ्काली रुपैयाँ (रु) |
समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय+५:३० (श्रीलङ्काली मानक समय) |
सडक प्रयोग | बायाँ |
श्रीलङ्का एक विकासशील देश हो, मानव विकास सूचकाङ्कमा ७३औँ स्थानमा छ। यो विकासको हिसाबले सबैभन्दा उच्च स्थानमा रहेको दक्षिण एसियाली राष्ट्र हो र दक्षिण एसियामा दोस्रो उच्च प्रतिव्यक्ति आय भएको देश हो। तर, चलिरहेको आर्थिक सङ्कटले यसको मुद्राको पतन, बढ्दो मुद्रास्फीति र अत्यावश्यक वस्तुको चर्को अभावका कारण मानवीय सङ्कट उत्पन्न भएको छ। यसले सडक आन्दोलनको विष्फोट पनि निम्त्याएको छ, नागरिकहरूले राष्ट्रपति र सरकारलाई राजीनामा दिनुपर्ने सफलतापूर्वक माग गरेका छन्। श्रीलङ्का आधुनिक अन्तर्राष्ट्रिय समूहहरूसँग संलग्नताको लामो इतिहास रहेको छ: यो दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको संस्थापक सदस्य र संयुक्त राष्ट्र सङ्घ, राष्ट्रमण्डल, र असंलग्न आन्दोलनको सदस्य हो।