नेपालको राष्ट्रपतिय निर्वाचन, २०६५ले नेपालको प्रथम राष्ट्रपति चयन गरेको थियो। यो निर्वाचन वि.सं. २०६५ साउनमा सम्पन्न भएको थियो। पहिलो चरणको निर्वाचन वि.सं. २०६५ साउन ४ गते भएको थियो भने दोस्रो चरणको निर्वाचन वि.सं. २०६५ साउन ६ गते सम्पन्न भएको थियो।[2] वि.सं. २०६५ वैशाखमा, नेपालको संविधानसभाले अन्तरिम संविधानको पाँचौ संशोधन असार ३० मा पारित गरेसँगै नयाँ राष्ट्रपति र उप-राष्ट्रपतिको लागि निर्वाचन भएको थियो।[3]
निर्वाचनको केही महिना अगाडि नेपालमा आएको गणतन्त्र पश्चात् यो पहिलो राष्ट्रपतिय निर्वाचन थियो।
छरितो तथ्यहरू उम्मेदवार, दल ...
नेपालको राष्ट्रपतिय निर्वाचन, २०६५|
|
|
|
बन्द गर्नुहोस्
संविधानमा गरिएको संशोधनमा बहुमत पार्टीले सरकारको गठन गर्ने र संविधानसभाले बहुमतको आधारमा नयाँ राष्ट्रपति चुन्ने र विपक्षी नेताले संवैधानिक परिषद्को सदस्य हुने नयाँ प्रावधान रहेको थियो।[4] नेपालमा प्रमुख राजनीतिक दलहरू, नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) नयाँ राष्ट्रपतिको हुने भन्ने बारेमा छलफलमा जुटेका थिए।
नेपाली कांग्रेसले तात्कालिक नेपालका प्रधानमन्त्री र अन्तरिम राष्ट्र प्रमुख गिरिजाप्रसाद कोइरालालाई नेपालको नयाँ राष्ट्रपतिको रूपमा चाहेका थिए[5] भने नेपाल कम्युनिस्ट पार्टी (संयुक्त मार्क्सवादी-लेनिनवादी) ले आफ्ना पूर्व महासचिव माधवकुमार नेपाललाई राष्ट्रपतिको रूपमा चाहेको थियो।[6] यद्यपि नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले कोइराला वा नेपाल जस्ता पार्टीका व्यक्तित्वहरूको सट्टा राष्ट्रपतिको रूपमा स्वतन्त्र व्यक्ति चाहिने धारण प्रस्तुत गरेको थियो। माओवादीले संविधानसभामा सबैभन्दा बढी सिटहरू जितेको थियो,[7] यद्यपि उनीहरूको पार्टीले अन्य दलहरूसँग मिलेर गठबन्धनको सरकार गठन गर्नु आवश्यकता रहेको थियो।[8]